दफा ११
परियोजनाको विवरण पेश गर्नु पर्ने
(१) दफा १० बमोजिम समझदारीपत्र वा प्रारम्भिक परियोजना सम्झौता गरेकोमा सो समझदारीपत्र वा प्रारम्भिक परियोजना सम्झौतामा उल्लिखित समयावधिभित्र र समझदारीपत्र वा प्रारम्भिक परियोजना सम्झौता नगरेकोमा परियोजनाको प्रकृति हेरी छ महिनामा नबढ्ने गरी नेपाल सरकारले तोकेको समयावधिभित्र प्रस्तावकले परियोजना कार्यान्वयन सम्बन्धी देहायका विवरणहरु नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ः–
(क) परियोजनाको विवरण,
(ख) परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन,
(ग) परियोजनाको विस्तृत इञ्जिनियरिङ्ग डिजाइन,
(घ) परियोजनाको वातावरणीय अध्ययन प्रतिवेदन,
(ङ) परियोजना चरणबद्ध रुपमा कार्यान्वयन गर्ने भए सोको विवरण,
(च) परियोजना कार्यान्वयन तरिका,
(छ) परियोजना कार्यान्वयन अवधिको खर्च तथा आम्दानीको प्रक्षेपण,
(ज) परियोजना कार्यान्वयनको संस्थागत व्यवस्था,
(झ) परियोजना कार्यान्वयन गर्दा उपभोक्तासँग लिइने प्रस्तावित शुल्क,
(ञ) परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा अन्य व्यक्तिसँग कुनै सम्झौता गरेको भए त्यसको विवरण,
(ट) परियोजना सञ्चालन गर्दा नेपाल सरकारलाई बुझाउने प्रस्तावित रोयल्टी,
(ठ) लगानीका सम्भाव्य स्रोत सम्बन्धी विवरण,
(ड) परियोजनाको बीमा सम्बन्धी व्यवस्था,
(ढ) परियोजना कार्यान्वयन हुने क्षेत्र,
(ण) परियोजनाको कार्यान्वयन सम्बन्धमा प्रस्तावकले अवलम्बन गर्ने आर्थिक कार्यविधि सम्बन्धी व्यवस्था,
(त) तोकिए बमोजिमका अन्य विवरण ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र प्रस्तावकले सो उपदफा बमोजिमको विवरण पेश गर्न नसक्ने कुनै मनासिब कारण देखाई समयावधि थपको लागि नेपाल सरकार समक्ष निवेदन दिएमा नेपाल सरकारले बढीमा तीन महिनाको समयावधि थप गरिदिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको अवधिभित्र प्रस्तावकले उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको विवरण पेश गर्न नसक्ने कारण देखाई नेपाल सरकार समक्ष दिएको निवेदन जाँचबुुझ गर्दा सो मनासिब देखिएमा नेपाल सरकारले कुनै खास परियोजनाको हकमा त्यस्तो प्रस्तावकलाई सम्झौता भएपछि सो विवरण पेश गर्न पाउने गरी छूट दिन सक्नेछ ।